बीए प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको उत्तरपुस्तिका हरायो, आन्तरिक छानबिन गर्दै त्रिवि

नेपालभ्युज

बीए प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको उत्तरपुस्तिका हरायो, आन्तरिक छानबिन गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अछामबाट परीक्षा दिएका विद्यार्थीको १७६ थान उत्तरपुस्तिका हराएको पाइएको छ ।

स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय स्रोतको भनाइ छ । अछामको परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका सबै हराएको त्रिविका एक अधिकारीले नेपालभ्युजलाई बताए ।

उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन जारी रहे पनि नभेटिएपछि चैत ११ गते परीक्षा नियन्त्रण कार्यालयले आन्तरिक सर्कुलर जारी गरेको थियो ।

यसअघि गत कात्तिकको पहिलो साता भएको बीए प्रथम वर्षको जनसङ्ख्या विषयको १६५ थान उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने हुन्छ । उक्त सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न पनिकाले इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । कुनै सूचना नै जारी नगरी सम्बन्धित क्याम्पससँग समन्वय गरेर सोही अनुसार प्रश्न पत्र बनाउने तयारी भइरहेको ती अधिकारीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved