ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर

नेपालभ्युज

ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ढोलाहिटी होली घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै कुँवरले यस्तो जानकारी दिएका हुन् ।

फागूपुर्णिमाको राति भएको घटनामा युवाहरुको समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको छ । साथै, चार जना पक्राउ परिसकेका छन् ।

पहिलेकै विवाद कारण घटना भएको महानिरीक्षक कुँवरले बताए ।

‘ढोलाहिटी घटना पहिल्यैदेखि विवादको कारण भएको पाइयो, घटनामा एक जना फरार छ भने चार जनालाई सार्वजनिक गरिसकेका छौं । अरु अनुसन्धान जारी छ।’ उनले भने ।

फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved