राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रदर्शनी गरिने

नेपालभ्युज

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रदर्शनी गरिने

न्यूयोर्क । नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रदर्शनी गरिने भएको छ ।

राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच भएको छलफलमा यस्तो समझ्दारी भएको हो ।

नेपाली स्थायी नियोगको कार्यालयमा भएको भेटमा देशलाई विश्वसामु चिनाउन राष्ट्रसंघको मुख्यालयमा गरिने प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष निकालिएको थियो ।

प्रदर्शनीका लागि राजदुत थापाले आवश्यक पहल थाल्ने र यसका लागि सहकार्य गरेर अघि बढ्ने आश्वासन दिए ।

प्रदर्शनीमा नेपालको कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्कने तस्वीर तथा वस्तु राख्ने समझदारी समेत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved