नेपालद्वारा आयरल्याण्ड वल्भ्सविरुद्धको टी–२० सिरिज क्लिनस्विप

नेपालभ्युज

नेपालद्वारा आयरल्याण्ड वल्भ्सविरुद्धको टी–२० सिरिज क्लिनस्विप

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरूद्धको २ खेलको टी–२० सिरिज नेपालले क्लिनस्विप गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई ७१ रनले पराजित गरेको हो। सिरिजको पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

१९९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको आयरल्याण्ड वल्भ्स १८.३ ओभरमा १२७ रन बनाएर अलआउट भयो। आयरल्याण्डका लागि स्टिफन डोहेनीले २६ र मोर्गन टपिङले २१ रन बनाए।

नेपालका लागि भने सोमपाल कामीले ३, कुशल मल्लले ३ तथा कुशल भूर्तेल र करण केसीले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि गुल्शन झाले ४६, कुशल मल्लले ३४ र रोहितकुमार पौडेलले ३३ रन बनाए । विस्फोटक ब्याटिङ गरेका गुल्शनले ३२ बलमा ४६ र कुशलले १३ बलमा ३४ रन बनाएका हुन् ।

५६ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै गुल्शन र रोहितले चौथो विकेटका लागि ७ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल २५, सन्दीप जोरा २१ र आशिफ शेख ११ रनमा आउट भए ।

म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले दुई विकेट लिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाईंले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिँदै आजको खेलमा अनिल शाह र विशाल यादवलाई मौका दिएका थिए। यद्यपि, अनिल १२ रनमा आउट भए । विशालले नटआउट ७ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved