अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो

नेपालभ्युज

अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो

काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर सहरको फ्रान्सिस स्कट पुल भत्किएको छ ।

ठूलो कन्टेनर जहाज पुलको खम्बामा ठोक्किँदा पुल भत्किएको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार बिहान १३० बजेको हो ।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा पुलको संरचना जहाजमाथि नै खसेको, र कालो धुवाँ उडेको देखिन्छ । उक्त जहाज सिंगापुरको हो ।

घटनामा मानवीय क्षतिबारे रिपोर्ट सार्वजनिक भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved