होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका ३ दिनदेखि बेपत्ता

नेपालभ्युज

होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका ३ दिनदेखि बेपत्ता

काठमाडौं । होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् ।

आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए ।

उनीहरुको खोजी सशस्त्र प्रहरीको गोताखोर टोली गरेको थियो । सोमबार पनि खोजी गर्दा बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि टोली फिर्ता भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वराह वाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिब २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत बालबालिकाहरु नभेटाएपछि खोजतलास टोली फर्किएको हो ।

मंगलबारबाट थप प्रहरी परिचालन गरेर खोजी कार्य तीव्र बनाउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved