इलाम २ को उपनिर्वाचनमा जनमतले दियो थाम्सुहाङलाई टिकट

नेपालभ्युज

इलाम २ को उपनिर्वाचनमा जनमतले दियो थाम्सुहाङलाई टिकट

काठमाडौं । कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय प्रेमदीप थाम्सुहाङलाई जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा उम्मेदवार बनाउने भएको छ । इलाम–२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ ।

जनमतका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई उम्मेदवार बनाएको बताए ।

२०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएको थियो । विगतमा उनी मधेस केन्द्रित दल लोसपामा पनि थिए । लोसपामा रहँदा प्रदेश १ को इन्चार्जका साथै कार्यसम्पादन समिति सदस्य रहेर काम गरेका थाम्सुहाङले उपनिर्वाचनमा भने मधेस केन्द्रित अर्को दल जनमत रोजेका हुन् ।

उपनिर्वाचनमा नेकपा (एमाले)ले सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । पत्रकार मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलले उम्मेदवारी दिने वा गठबन्धन गरेर जाने भन्नेबारे टुंगो लगाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved