ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी

नेपालभ्युज

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी गरेको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको छ ।

ठमेल र दरबारमार्ग २४सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

सोमवार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए ।

उनले ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने जानकारी दिए ।

व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातीको मूल्य फरक बनाउन नपाउने जानकारी दिए ।

यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने अवस्था रहेको उनको भनाई छ । बस्नेतले २४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए ।

साथै, अहिलेको भन्दा अपराधीक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved