गर्मी सुरु भएसँगै छालसँग पौंठेजोरी (तस्वीरहरू)

गर्मी सुरु भएसँगै छालसँग पौंठेजोरी (तस्वीरहरू)

सिन्धुपाल्चोक। गर्मी सुरु भएसँगै सुनकोशी (तल्लो भोटेकोसी, Bhotekoshi) नदीमा छालसँग पौंठेजोरी गर्दै र्‍याफ्टिंग गर्नेको सङ्ख्या बढ्न थालेको छ।

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा र्‍याफ्टिंग (Rafting) गर्न सप्ताहन्तमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको हो।

काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेहरूको लागी र्‍याफ्टिंग गर्न यो क्षेत्र लोकप्रिय मानिन्छ। आन्तरिक पर्यटकको चाप धान्नैका लागी यो क्षेत्रमा साना तथा ठुला गरी करिब ३ दर्जन क्याम्प तथा रिसोर्ट सञ्चालनमा छन्।

सामान्यतया एक रातको बसाई सहित करिब ४ देखि ५ हजार रुपैयाँसम्ममा यो क्षेत्रका रिसोर्टहरुले र्‍याफ्टिंग सहितको प्याकेजहरू बनाएका छन्। फागुनको मध्यदेखि बर्खा नलाग्दा सम्म र्‍याफ्टिंगको सिजन मानिन्छ।

नेपालमा भएका तमोर, अरुण, उपल्लो र तल्लो भोटेकोसी, त्रिशूली, मर्स्याङ्दी, काली गण्डकी, पश्चिम सेती लगायतका नदीहरू र्‍याफ्टिंगको लागी उपयुक्त मानिन्छन्। जसमध्ये काठमाडौं उपत्यकावासीको लागी भोटेकोसी र त्रिशूली नदी प्रमुख गन्तव्यमा पर्दछ।

तस्वीरहरुः–

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved