करेन्ट लागेर मृत्यु भएको परिवारलाई राहत माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध

नेपालभ्युज

करेन्ट लागेर मृत्यु भएको परिवारलाई राहत माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं । दाङमा करेन्ट लागेर मृत्यु भएका तीन जनाको परिवारलाई राहतको माग गर्दै पीडित पक्षले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्।

विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आफन्त तथा स्थानीयले यातायात सञ्चालन नै अवरुद्ध पारेर राहत माग गरेका हुन्।

करेन्ट लागेर मृत्यु भए जनही पाँच लाख रुपैयाँ राज्यबाट उपलब्ध हुने प्रावधान रहे पनि पीडित पक्षले थप रकम माग गरेकाले छलफल भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले बताए ।

छलफलमा विद्युत प्राधिकरणका पदाधिकारी, प्रहरी अधिकारी र अन्य निकायका प्रतिनिधिहरू सहभागी छन्।

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरीरमाथि खस्दा राप्ती गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved