दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालभ्युज

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको राजपुरको कोरियाखोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको बसले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक दुवैजना मोटरसाइकलमा सवार थिए । मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका प्रदीपको यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved