हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

नेपालभ्युज

हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । हुम्लामा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।

दुर्घटनामा परी ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको प्रहरी प्रमुख खनालले बताए ।

सु प ०१००१ नम्बरको बलेरो जीप दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved