हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका दुई जनाको मृत्यु

नेपालभ्युज

हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका दुई जनाको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३ मसुरियास्थित हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसी छन् ।

घटनामा गम्भीर घाइते भएका ६० वर्षीय गोरखबहादुर केसीलाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved