नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिले बलिङ गर्ने

नेपालभ्युज

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको टी २० सिरिजको पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएका छन् ।

वैशाख १६ मा दोस्रो खेल, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेष्ट इण्डिजको टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल कुमार शाह, गुल्शन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमलसिंह ऐरी, ललित राजवंशी र अभिनाश बोहोरा ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved