बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्कियो

नेपालभ्युज

बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्कियो

काठमाडौं । भारतको बिहारको सुपौल जिल्लास्थित कोशी नदीमा निर्माण भइरहेको पुलको एक भाग भत्किँदा एक मजदुरको मृत्यु भएको छ ।

बीबीसीका अनुसार घटनामा अन्य १० कामदार पनि घाइते भएका छन् । घटना शुक्रबार बिहान ७ बजे तिरको हो ।

यो पुल सुपौल जिल्लाको बकौर र भेजाबीच निर्माण भइरहेको थियो । यो केन्द्र सरकारको परियोजनाको हिस्सा हो।

गाडी र संरचना मुनि अझै केही मजदुर पुरिएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटिएका छन् ।

बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल दुर्घटना भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved