काठमाडौं आउँदै हुनुहुन्छ ? नभुल्नुस् यी ठाउँ घुम्न !

नेपालभ्युज

काठमाडौं आउँदै हुनुहुन्छ ? नभुल्नुस् यी ठाउँ घुम्न !

काठमाडौं । संघीय राजधानी काठमाडौं आउँदै हुनुहुन्छ ? आफन्त भेटघाट, प्रशासनिक काम, व्यापार, शिक्षा, स्वास्थ्यका लागि आउने काम त परेको छैन ?

त्यसको हो भने त्यही अवसरमा घुमफिरको लागि पनि प्रमुख गन्तव्य हो, काठमाडौं । काठमाडौं उपत्यकामा घुम्नका लागि केही गन्तव्यहरू छन् । त्यसको लागि पनि केही समय छुट्टाउनुहोस् । यदि तपाईं काठमाडौं हुनुहुन्छ भने पनि यी क्षेत्रहरू नघुकेको हुनसक्छ, एकपटक जान सक्नुहुन्छ ।

पशुपतिनाथ

स्वदेशी मात्र होइन, विदेशी पर्यटक समेत काठमाडौं आउँदा एकपटक पशुपतिनाथ मन्दिर पुगेकै हुन्छन् ।

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण धर्मस्थल हो । यो मन्दिर विश्व सम्पदा सूचीमा छ । शिवालयको सबैभन्दा ठूलो मन्दिरको रुपमा पशुपतिनाथ मन्दिरलाई लिइन्छ ।

स्वयम्भू

काठमाडौंमा अर्को छुटाउनै नहुने स्थल भनेको स्वयम्भू हो । स्वयम्भू घुम्न जनाको लागि एउटा राम्रो गन्तव्य हुन सक्छ ।

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भू पनि घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौंको उच्च स्थानमा रहेको स्वयम्भूमा थप बाँदरको चहलपहलले पनि विशेष रमणीय मानिन्छ ।

बौद्ध स्तूपा

स्वयम्भूनाथसँगै काठमाडौं सहरको उत्तरपूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूपा पनि प्रमुख पर्यटकीय स्थल हो ।

बौद्धनाथ नेपालकै सबैभन्दा ठूलो स्तूपा समेत हो । सन् १९७९ देखि युनेस्को विश्व सम्पदा क्षेत्रमा परेको बौद्धनाथ स्तूपालाई परेवाको ठूलो हुलले झनै आकर्षक देखाउँछ ।

सदर चिडियाखाना

ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना घुम्न छुटाउन नहुने अर्को ठाउँ हो । तारजालीमा कैद गरिएका जनावर, पशुपक्षीको प्रत्यक्ष अवलोकन गरेर मनलाई आनन्दित बनाउन सकिन्छ । प्रवेश गर्न टिकट लिनुपर्छ । भित्र प्रवेश गरेपछि यहाँ हात्ती, जरायो, बाघ, भालु, चितुवा, गैँडा जस्ता धेरै जनावरहरू हेर्न पाइन्छ । सर्प, अजिङ्गरका साथै अस्ट्रिचलगायत धेरै किसिमका चराचुरुंगीको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । बालबालिकालाई पनि साथै लिएर जान सके चिडियाखानाको घुमघाम झनै रोमाञ्चक हुन्छ ।

वसन्तपुर

उपत्यकाका तीनै प्रमुख सहर आफ्नो मौलिक कला, संस्कृति र सभ्यताका खानी नै हुन् । काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र देश विदेशबाट आएका पर्यटकहरूको रोजाइको गन्तव्य हो ।

काठमाडौंको मुख्य सहरी क्षेत्रमा पर्ने वसन्तपुर पुग्न जोकोहीलाई सहज पनि छ । यसै क्षेत्रमा हनुमान ढोका दरबार सङ्ग्रहालय पनि रहेको छ ।

कलाकौशलले भरिपूर्ण अन्य महत्त्वपूर्ण स्मारक, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, गद्दी बैठक, काष्ठमण्डप पनि यसै क्षेत्रमा अवस्थित छन् । जसको अवलोकन गरेर ऐतिहासिक विषयबारे जानकारी समेत पाउन सकिन्छ ।

पाटन क्षेत्र

पाटन दरबार क्षेत्र अर्को रोजाइको गन्तव्य हो । ललितपुरको मंगलबजार क्षेत्रमा रहेको पाटन दरबार देश तथा विदेशका पर्यटकहरू पुग्नुपर्ने ठाउँ हो । कृष्ण मन्दिर, अन्य मन्दिरहरू, प्राचीन धारा, सङ्ग्रहालय, काँसका मूर्तिहरू लगायतको यहाँ अवलोकन गर्न सकिन्छ ।

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र अर्को छुटाउनै नहुने गन्तव्य हो । काठमाडौंको रत्नपार्कबाट १३ किलोमिटरको दूरीमा रहेको भक्तपुर दरबार क्षेत्रमा छुट्टाछुट्टै चार क्षेत्र छन् । दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्रलाई समग्रमा भक्तपुर दरबार क्षेत्र नै भनेर चिनिन्छ ।

नारायणहिटी सङ्ग्रहालय

नारायणहिटी राजतन्त्रकालमा राजपरिवार निवास हो । देशमा गणतन्त्र स्थापना भएपछि २०६५ साल असार १ बाट यसलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा परिणत गरिएको हो । त्यसपछि नारायणहिटीमा सर्वसाधारणको प्रवेश खुला गरियो ।

नारायणहिटीमा ५२ कक्ष छन् । ती सबै कक्षको नामकरण नेपालका जिल्लाको नामबाट गरिएको पाइन्छ । तत्कालीन राजारानीको बैठक कक्ष, शयन कक्ष, डाइनिङ कक्ष, मनोरञ्जन कक्षलगायतको अवलोकन गर्न सकिन्छ । नारायणहिटी प्रवेश गर्न टिकट काट्नुपर्छ ।

उनीमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय काठमाडौं घुम्न आउनेले पुग्नुपर्ने अर्को ठाउँ हो । यस सङ्ग्रहालयमा हामी प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहारहरू अवलोकन गर्न सकिन्छ ।

तीनवटा भवनमा फैलिएको सङ्ग्रहालय प्रवेश गर्न टिकट काट्नुपर्छ ।

ठमेल

ठमेल काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ विदेशी पर्यटकहरू बस्न र रमाइलोका लागि आइपुग्छन् ।

ठमेल नेपालको राजधानी सहर काठमाडौंमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, क्याफे, होटल, र पर्यटकीय कम्पनी छन् । यहाँको रात्रिजीवन एकदमै राम्रो हुन्छ । ठमेललाई कहिल्यै नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लिइन्छ । स्वदेशीसँगै विदेशी पर्यटकको यहाँ भीड लाग्ने गर्छ ।

जब कोही घुम्न जान्छ, उसले त रुचिका चीज त योजनामा सामेल हुन्छन् नै त्यससँगै उनीहरु एकभन्दा बढी परिकारको स्वाद लिन सकिने ठाउँमा जान रुचाउँछन् । प्रत्येक ठाउँमा तपाईँले स्वादको लागि केही विशेष पाउनुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved