जन्मिनेबित्तिकै साटिएकी थिइन् रानी मुखर्जी, आमाले आँखा चिनेपछि फिर्ता ल्याइन्

नेपालभ्युज

जन्मिनेबित्तिकै साटिएकी थिइन् रानी मुखर्जी, आमाले आँखा चिनेपछि फिर्ता ल्याइन्

काठमाडौं । ‘गुलाम, कुछ कुछ होता है’, ‘हर दिल जो प्यार करेगा’, ‘ब्ल्याक’जस्ता चर्चित फिल्ममा देखिएकी भारतीय अभिनेत्री रानी मुखर्जी आजदेखि ४६ वर्षकी भइन् ।

सन् १९७८ मार्च २१ मा जन्मेकी मुखर्जी एक चलचित्र परिवारकी हुन् । जसका पिता राम मुखर्जी एक प्रसिद्ध निर्माता र आमा कृष्णा मुखर्जी एक गायिका हुन् । चलचित्र रानीको नसामा थियो ।

बाल्यकालमा मुखर्जी अमिताभ बच्चन, माधुरी दीक्षित, श्रीदेवी र आमिर खानकी फ्यान थिइन् । एक पटक रानी स्कुल छाडेर अटोग्राफ लिन आमिर खानको फिल्मको सेटमा पुगेकी थिइन् ।

रानी कहिल्यै फिल्ममा आउन चाहन्थिनन् । तर, बाईपास सर्जरीपछि बुबाको कमाइ बन्द भएपछि आमाको आग्रहमा उनी परिवारको जिम्मेवारी लिएर चलचित्रमा आइन् ।

तर, यो यात्रा उनका लागि सहज थिएन । पहिलो स्क्रिन टेस्ट दिँदा आमाले निर्मातालाई भनेकी थिइन्– ‘मेरी छोरीलाई कास्ट नगर्नुस् ।’

जन्मिने बित्तिकै साटिएकी थिइन् रानी

मुखर्जीको जन्म मुम्बईको एक अस्पतालमा भएको थियो । आमा कृष्णा मुखर्जीले रानीलाई जन्म दिएपछि हेरेर बच्चाको वार्डमा पठाइन् । जहाँ धेरै बच्चाहरू थिए ।

केही समयपछि नर्सले एक बच्चा ल्याएर कृष्णा मुखर्जीलाई थमाइन् । तर, बच्चा देख्ने बित्तिकै कृष्णालाई त्यो बच्चामाथि शंका लाग्यो की उ आफ्नो रानी होइनन् ।

उनले नर्सलाई आफ्नो बच्चा नभएको बताउँदै रानीको आँखा गाढा खैरो भएको बताइन् । उनले नर्सलाई भनिन्, ‘यो मेरो बच्चा मेरो होइन । यो बच्चाको आँखा खैरो छैन, मेरी छोरीको आँखा खैरो छ, उसलाई खोज्नुहोस् ।’

यता, रानीलाई भने नर्सले झुक्किएर पञ्जाबी परिवारलाई सुम्पिइसकेकी थिइन् । रानीको खोजी सुरू गर्दा रानीलाई पञ्जाबी परिवारलाई सुम्पिएको खुलासा भयो । अनि कृष्णा त्यही वार्डमा गएर छोरीलाई फिर्ता ल्याइन् ।

रानीले एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा यो कुरा खुलाएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved