लोसपा बैठक : बीआरआईको विरोध, भारतले दिने २० करोडको स्वागत

नेपालभ्युज

लोसपा बैठक : बीआरआईको विरोध, भारतले दिने २० करोडको स्वागत

काठमाडौं । नेपाल लोकतान्त्रिक समाजवादी, नेपाल (लोसपा)ले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको विरोध गरेको छ ।

यही मंगलबार र बुधबार महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले बीआरआई नेपालको हितमा नरहेको ठहर गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

नेपालले बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्ने चर्चा चलिरहेको बेला लोसपाले विरोध गरेको हो ।

बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षरको तयारी, परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै

लोसपाले मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोड रुपैयाँलाई २० करोडसम्म पुर्याउने निर्णयको भने स्वागत गरेको छ ।

‘यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछ, मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोडसम्मको सीमा तय गरिएको निर्णयलाई यो बैठकले स्वागत गर्दछ।’ ठाकुरले भनेका छन् ।

साथै, लोसपाले भारतसँग भएको विद्युत व्यपार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएको दाबी गरेको छ।

विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न पनि लोसपाले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved