सवारी दुर्घटनामा लोसपा नेता साहको मृत्यु

नेपालभ्युज

सवारी दुर्घटनामा लोसपा नेता साहको मृत्यु

जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ बस्ने ३५ वर्षीय कैलाश साह छन् ।

साह लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी पनि हुन् ।

साह ढल्केवरबाट जनकपुरतर्फ आउने क्रममा मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए ।

उनी सवार मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकलमा सोमबार राति जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको हो ।

राति करिब साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।

उपचारको क्रममा मंगलबार बिहान ३ बजे साहको मृत्यु भएको डीएसपी अवालेले जानकारी दिए ।

मोटरसाइकमा सवार अर्का एक व्यक्ति भने मोटरसाइकलसहित फरार भएका छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved