रविको बचाउमा उत्रिए ओली, भने- सहकारीसँग सम्बन्ध नै नभएकालाई बदनाम गराउन खोज्ने ?

नेपालभ्युज

रविको बचाउमा उत्रिए ओली, भने- सहकारीसँग सम्बन्ध नै नभएकालाई बदनाम गराउन खोज्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

सहकारीको अनियमितामा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गरिरहेको बेलामा अध्यक्ष ओलीले बचाउ गरेका हुन् ।

‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने ?’, मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

लामिछाने कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको ओलीले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved