सर्लाहीमा डाँका नियन्त्रण गर्न प्रहरीले गोली चलायो, २ जना पक्राउ, एक घाइते

नेपालभ्युज

सर्लाहीमा डाँका नियन्त्रण गर्न प्रहरीले गोली चलायो, २ जना पक्राउ, एक घाइते
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । सर्लाहीमा प्रहरीले डाँका नियन्त्रण गर्न गोली चलाएको छ । प्रहरीले गोली हानेर डाँकालाई नियन्त्रणमा लिएको हो ।

सोमबार राति बस्ती पसेका डाँकालाई गोली चलाएर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।

बरहथवामा डकैत गर्न आएका भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । बायाँ खुट्टाको घुँडामा गोली लागेका उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ ।

राउतसँगै मोटरसाइकलमा आएका अर्का एकजना पनि पक्राउ परेका छन् । उनीहरु विरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीको दाबी छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved