एमाले मधेस सरकारमा सहभागी, यादव बने मन्त्री

नेपालभ्युज

एमाले मधेस सरकारमा सहभागी, यादव बने मन्त्री

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सोमबार मुख्यमन्त्री यादवले नेकपा एमालेका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् ।

यादवले शपथसमेत लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री बनाएका हुन् ।

नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved