संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने यसअघिकै कार्यसूची राखिएको छ ।

त्यस्तै उर्जा तथा जलश्रोत सिञ्चाइमन्त्री शक्तिवहादुर बस्नेतले अन्तर्र्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

हिजोको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । पछिल्लो समय प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएकोमा आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम देखिन्छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने बैठक नरोक्ने कांग्रेसको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved