श्रीलंकाको समुद्री इलाकाबाट २१ जना भारतीय पक्राउ

नेपालभ्युज

श्रीलंकाको समुद्री इलाकाबाट २१ जना भारतीय पक्राउ

कोलम्बो । श्रीलंकाको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरू दुई वटा डुङ्गासहित पक्राउ गरेको श्रीलंकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जफत गरिएका डुङ्गा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।

नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रमा १८ भारतीय डुङ्गा र १४६ भारतीय माझीलाई नियन्त्रणमा लिएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved