बाघले आक्रमण गर्दा बाँकेमा एक वृद्धको मृत्यु

नेपालभ्युज

बाघले आक्रमण गर्दा बाँकेमा एक वृद्धको मृत्यु
फाइल तस्वीर

काठमाडौं । बाघले आक्रमण गर्दा बाँकेमा एक वृद्धको मृत्यु भएको छ । आज बिहान साढे ५ बजेतिर मर्निङवाकमा रहेका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्मालाई ढकेरीको जंगलमा बाघले आक्रमण गरेको थियो ।

शर्मा कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा शर्मा बाघको आक्रमणमा परेका थिए ।

सल्यानको दार्मा घर भएका शर्मा ढकेरीमा आफन्तकोमा बस्दै आएका थिए । शर्माको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved