बसन्तपुरमा चिर ठड्याएसँगै बिधिवत रुपमा फागु पर्व सुरु (तस्वीरहरु)

बसन्तपुरमा चिर ठड्याएसँगै बिधिवत रुपमा फागु पर्व सुरु (तस्वीरहरु)

काठमाडौ। बसन्तपुर डबली अगाडि आइतबार बिहान शुभ साइतमा विधिवत रुपमा चिर ठड्याए संगै यो वर्षको फागु सुरु भएको छ।

फागुन शुक्ल अष्टमी (चैत ४ गते आइतबार) को बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित बिधिवत रुपमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर (लिंगो) ठडाएर यसपालिको होलिको सुरुवात गरिएको हो।

होलिको चिर, नेपाली सेना र त्यस अन्तर्गतको गुर्जुको पल्टन लगायत स्थानीयको सहयोगमा उठाइएको हो।

यो बर्ष फागुन ११ गते आइतबार काठमाडौँ उपत्यका सहित पहाडी जिल्लामा  र १२ गते सोमबार तराईका जिल्लाहरुमा होली खेलेर फागु पर्व मनाइदैछ।

हिन्दू धर्मशास्त्र अनुसार प्राचीन समयमा भक्त प्रल्हादले भगवान बिष्णुको आराधना र तपस्या गरेको मन नपरेपछि राजा हृरण्यकश्यिपले प्रल्हादको सुनियोजितरूपले हत्या गर्ने उदेश्य सहित आफ्नी बहिनी होलिकाको मद्दत मागे।

राजाको आज्ञा अनुसार आगोले नजल्ने बरदान पाएकी होलिकाले बलिरहेको आगोमा प्रल्हादलाई लिएर हाम फाल्दा प्रल्हादलाई केही नभएको तर होलिका आफै जलेर भस्म भएको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

यहि धार्मिक कथालाई आधार मानेर सत्यको सधै जीत हुने मान्यता सहित त्यो समयदेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved