ओछ्यानमा पल्टने बित्तिकै निद्रा ल्याउने उपाय

नेपालभ्युज

ओछ्यानमा पल्टने बित्तिकै निद्रा ल्याउने उपाय

एजेन्सी । निद्रा नलाग्नु एउटा ठूलो समस्या हो । लामो समय निद्रामा समस्या आउँदा अन्य मानसिक तथा शारीरिक समस्या देखिन थाल्छन् । त्यसैले समयमा र आवश्यक निद्रा लिन एकदमै जरुरी हुन्छ ।

कतिपयलाई सुते पनि निदाउन एकदमै समस्या हुन्छ । त्यस्तो अवस्थामा केही उपाय  अपनाउनुभयो भने समयमै निद्रा लाग्नेछ ।

राम्रो निद्राका लागि सुत्ने क्रममा ओछ्यानमा सिरानी तथा सिरक, ब्ल्यांकेट बाहेक अन्य केही सामान नराख्नुहोस् । यसबाहेक ओछ्यानमा खानबाट पनि बच्नुपर्छ ।

रातमा सुत्नुअघि शरीरलाई आराम गर्न दिनुहोस् । शरीरलाई त्यस्तो पोजिशनमा राख्नुहोस् जसले गर्दा शरीरले सुत्ने समय भएको छ भन्ने बुझोस् ।

धेरै थकान तथा फोहोर शरीरमा पनि निद्रा नलाग्न सक्छ । त्यसैले सुत्नुअघि मनतातो पानीले नुहाउनुहोस् । यसले राम्रो निद्रा लाग्नेछ ।

रातमा सुत्नु अघि ल्यापटप, कम्प्यूटर वा मोबाइलको प्रयोग नगर्नुहोस् । यी सामग्री प्रयोग गरे लगत्तैको अवस्थामा पनि निद्रा लाग्दैन । किनकी यसले दिमागलाई अन्य काममा लगाइरहेको हुन्छ ।

यदि तपाईंलाई सुत्न तथा निदाउन एकदमै समस्या हुने गर्छ भने ध्यान गर्न सक्नुहुन्छ । ध्यानले मन तथा दिमाग शान्त हुन्छ जसले गर्दा राम्रो निद्रा लाग्छ ।

सुत्नुअघि धेरै खाँदा पनि निद्रा आउन समस्या हुन्छ । त्यसैले साँझको समयमा दिउँसोको तुलनामा कम खाना खानुहोस् । खाएको कम्तीमा दुई घण्टापछि मात्र सुत्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved