सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

नेपालभ्युज

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार १ सय ३८ किलो सुन तस्करी प्रकरणमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको थियो ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो कायम गरिएको छ । गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए ।

घलेमाथि अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको खुलेको हो । घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको पुष्टि भएको हो ।

उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । अंकित अग्रवालले भनेको स्थानमा सुन लगिदिने काम मीन घले र जोन भन्ने जीवन गुरुङले लगिदिने गरेका थिए ।

पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । अनुसन्धान गर्ने निकायको नजरमा उनी फरार थिए ।

भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved