स्टिल कम्पनी जापानलाई बिक्री गर्ने पक्षमा छैन : राष्ट्रपति बाइडेन

नेपालभ्युज

स्टिल कम्पनी जापानलाई बिक्री गर्ने पक्षमा छैन : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा रहेको बताएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताएका हुन् ।

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ ।

दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।

युएस स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पलाई पराजित गरेका थिए ।

यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिबकरिब निश्चित भएको छ ।

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामीले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टिल कर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।”

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रबार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भएपनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved