धनकुटाको धर्माशालामा आगलागी हुँदा तीन घर नष्ट (तस्वीरहरू)

नेपालभ्युज

धनकुटाको धर्माशालामा आगलागी हुँदा तीन घर नष्ट (तस्वीरहरू)

धनकुटा । धनकुटा नगरपालिका–१० स्थित धर्माशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । बिहीबार बिहान करिब साढे १० बजे स्थानीय कमला मोक्तानको घरबाट आगलागी सुरु हुँदा ३ घर जलेर नष्ट भएको हो ।

आगलागीबाट स्थानीय मोक्तानको दुई तले घर पूर्ण रुपमा जल्दा १५ लाख बराबरको क्षति भएको छ । त्यस्तै, नियरमान मोक्तानका अढाई तले दुईवटा घर जलेर पूर्ण नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

त्यस्तै, चन्द्रकुमारी अधिकारीको घर आंशिक रुपमा क्षति हुँदा १ लाख क्षति भएको छ । रत्ना ठाडामगरको दुईवटा घर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका ईनिक्सपेक्टर अनिल कुमार शाहले जानकारी दिए ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सक्रियता र धनकुटा नगरपालिकाको २ दमकलको सहयोगमा करिब ३ घण्टापछि आगाे नियन्त्रणमा आएको छ ।

आगलागीबाट करिब ५१ लाख बराबरको क्षति भएको इन्स्पेक्टर शाहले जानकारी दिए । आगोले स्थानीय कमला मोक्तानको घरको अगेनोबाट सल्किएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved