राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत्र ४ गते

नेपालभ्युज

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत्र ४ गते

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको जानकारी गराए ।

उनले समिति सभापतिहरुको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved