संसारका खतरनाक विरुवा जसले लिन सक्छन् ज्यान

नेपालभ्युज

संसारका खतरनाक विरुवा जसले लिन सक्छन् ज्यान

एजेन्सी । बोटविरुवा र प्राकृतिक सुन्दरताले जसको मन पनि लोभ्याउँछ । साथमा यो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ ।

तर, प्रकृतिमा केही त्यस्ता विरुवा पनि छन् जसले मानिसको ज्यानसम्म लिन सक्छन् । आज जानौं संसारका सबैभन्दा खतरनाक विरुवाका बारेमा–

ओलिएन्डर

ओलिएन्डरको विरवाका पात एकदमै विषालु हुन्छन् । यी पात व्यक्तिको मृत्युको कारण पनि बन्न सक्छन् । यो विरुवाबाट दुरी बनाइराख्नुपर्छ ।

पर्पल नाइटशेड

पर्पल नाइटशेड पनि एकदमै खतरनाक मानिन्छ । यो विरुवाको फल खानाले मानिसलाई विभिन्न प्रकारका समस्या हुन सक्छन् ।

क्यास्टर

क्यास्टरको विरुवालाई पनि संसारको निकै विषालुमा गनिन्छ । यो विरुवाको बीज पनि एकदमै खतरनाक हुन्छन् ।

डोल आई

संसारको सबैभन्दा खतरनाक विरुवामा यो पनि सामेल छ । यो विरुवाले मुटुको धड्कनलाई नै ढिला गराउन सक्छ जसबाट व्यक्तिको मृत्युसम्म हुन सक्छ ।

होगवीड

यो होगवीडलाई कलर ट्रिको नामले पनि चिनिन्छ । यो विरुवामा सेतो रंगका फूल आउँछन् । यो मानिसका लागि एकदमै खतरनाक हुन्छ ।

रोजरी पी

यो विरुवामा रातो रंगका बिज आउँछन् । जसलाई राती गेडी पनि भनिन्छ । जो हेर्नमा एकदमै सुन्दर हुन्छन् । तर, यसको बिज खानु एकदमै घातक सावित हुन सक्छ ।

सुसाइड ट्री

सबैभन्दा विषालु विरुवामा सुसाइड ट्री को नाम सामेल छ । यो विरुवा समुद्र तट नजिक पाइन्छ । यसले धेरै मानिसको मृत्यु पनि भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved