‘भेटेर कुरा गरौँ, म रुम मिलाउँछु’ ट्रोल बनेपछि विनय र सौरभले ल्याए र्‍याप गीत

चर्को रूपले भाइरल भइरहेको ‘म रुम मिलाउँछु’ माथि गीतसमेत बनेको छ । र्‍यापरद्वय विनय कार्की क्षेत्री र सौरभ ढकालले यो र्‍याप गाएका हुन् ।

नेपालभ्युज

‘भेटेर कुरा गरौँ, म रुम मिलाउँछु’ ट्रोल बनेपछि विनय र सौरभले ल्याए र्‍याप गीत

काठमाडौं । अहिले सामाजिक सञ्जालमा भाइरल छ, भिडिओ क्लिप ‘भेटेर कुरा गरौँ म रुम मिलाउँछु ।’ सामाजिक सञ्जालमा चर्चित टेलिभिजन कार्यक्रमकी गायिका शर्मिला श्रेष्ठले कार्यक्रम सञ्चालक कृष्ण कडेँललाइ लगाएको आरोप हो त्यो ।

कृष्णले आफूलाई म्यासेज गरेको भन्दै शर्मिलाले पढेर सुनाएको त्यो वाक्य भाइरल छ ।

तर, आफूलाई पीडित बताउने शर्मिलालाई नै धेरैले हाँसो मजाकको पात्र बनाउँदै टिकट भिडिओ समेत बनाइरहेका छन् । इन्द्रेणीबाट निकालिएकी कलाकार शर्मिलाले धरधरी रुँदै कृष्णले ‘ह्यारेसमेन्ट’ गरेको बताए पनि ती वाक्य ट्रोलको रुपमा प्रयोग भइरहेको छ ।

चर्को रूपले भाइरल भइरहेको ‘म रुम मिलाउँछु’ माथि गीतसमेत बनेको छ । र्‍यापरद्वय विनय कार्की क्षेत्री र सौरभ ढकालले यो र्‍याप गाएका हुन् ।

गीतको लिरिक्स ‘हामी भेटेर कुरा गरौँ न है म रुम मिलाउँछु’ बाट सुरु भएको छ । त्यसपछिका शब्दहरू भने अरू नै छन् । दुई दिनअघि रिलिज गरिएको र्‍यापलाई लाखौँले हेरेका छन् । सयौँले प्रतिक्रिया जनाएका छन् ।

र्‍यापको लिरिक्स भने सौरभले लेखेका हुन् । भिडिओको निर्देशन शिशिर अर्यालले गरेका छन् । विनय कार्कीले कसैको भावनालाई ठेस पुर्‍याउन नखोजेको प्रष्टीकरणसमेत दिएका छन् ।

यो शब्दमा विदेशी नागरिकले समेत भिडिओ बनाएका छन् । आफूमाथि चर्को ट्रोल भएपछि शर्मिलाले कँडेलमाथि हालेको यौन दुर्व्यवहारको मुद्दा समेत फिर्ता लिएकी छिन् ।

 

https://www.youtube.com/watch?v=mW0YMwu13ZA


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved