गाेलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ

नेपालभ्युज

गाेलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सिरहा । सिरहाको गोलबजारमा होटेल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

गोलबजार ६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी थिइन् । राति मृतक साह र उनकी श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो ।

अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी सन्तोष आचार्यले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved