बलिउडको त्यो फिल्म जसले छाप्यो यति धेरै नोट

नेपालभ्युज

बलिउडको त्यो फिल्म जसले छाप्यो यति धेरै नोट

एजेन्सी । यहाँ हामी कुरा गरिरहेका छौं सन् १९९९ को हिन्दी रोमान्टिक फिल्म ‘ताल’ को बारेमा जसलाई सुभाष घईले लेख्ने तथा निर्देशन गरेका थिए ।

उनले यो फिल्मलाई निर्माण पनि आफै गरेका थिए र कलाकारको चुनावमा पनि आफै सम्मिलित भएका थिए ।
फिल्म ‘ताल’ मा ऐश्वर्या राय, अक्षय खन्ना र अनिल कपूर मुख्य भूमिका छन् । जहाँ अमरीश पुरी र आलोक नाथ सहायक भूमिकामा छन् ।

ताल जब हिन्दीमा सुपरहिट भयो त्यसपछि यसलाई तामिलमा ‘थालम’ को नाममा पनि डब गरिएको थियो ।

तालको प्रीमियर आधाकारिक रुपमा शिकागो इन्टरनेशनल फिल्म फेस्टिवलमा, सन् २००५ को एबर्टफेस्ट, रोजर एबर्टको फिल्म फेस्टिवलमा र ४५औं आईएफएफआईमा सेलिबे्रटिंग डान्स इन इन्डियन सिनेमा सेक्सनमा गरिएको थियो ।

ताल १३ अगस्त सन् १९९९ मा भारतीय स्वतन्त्रता दिवसको हप्तामा रिलीज भएको थियो ।

यसले भारतीय विदेशी बक्सअफिसमा ठूलो सफलता प्राप्त गर्यो । यसले एक्लै हिन्दी भाषामा नै ठूलो कारोबार गरेको थियो ।

यो फिल्म भेराइटीको बक्सअफिस सूचीमा टप २० मा पुग्ने पहिलो भारतीय फिल्म बनेको थियो ।

४५औं फिल्मफेयर पुरस्कारमा बेस्ट डाइरेक्टरमा सुभाष घई, ऐवश्र्या रायलाई बेस्ट एक्ट्रेस, सहित १२ वटा क्षेत्रमा छनोट भएको थियो ।

अनिल कपूरले बेस्ट एक्टर, बेस्ट म्यूजिकका लागि ए आर रहमान र आनन्द बख्सीले बेस्ट गीतकारको अवार्ड समेत जितेका थिए ।

यो फिल्मलाई बनाउँदा जम्मा ११ करोड रुपैंया खर्च भएको थियो भने यसले ५१ करोड रुपैंया बक्स अफिसबाट कमाएको थियो ।

फिल्मले पाएको यति ठूलो सफलतामा स्वयम् निर्देशकले पनि विश्वास गर्न सकेका थिएनन् ।

यो फिल्मबाट अभिनेत्री ऐश्वर्या रायले पनि निकै चर्चा पाएकी थिइन् ।

जसले गर्दा उनलाई अन्य धेरै फिल्मबाट अफर आएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved