सुदूरपश्चिममा नागरिक उन्मुक्ति सरकारमा गयो, तीन मन्त्रीले लिए शपथ

नेपालभ्युज

सुदूरपश्चिममा नागरिक उन्मुक्ति सरकारमा गयो, तीन मन्त्रीले लिए शपथ

धनगढी । नयाँ सत्ता गठबन्धनका कारण संकटमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई हातमा लिएका छन् ।

माओवादी र एकीकृत समाजवादी बाहिरिएपछि मुख्यमन्त्री शाहले बहुमत गुमाएका थिए । तर, शुक्रबार नागरिक उन्मुक्तिले उनलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टी तीन जना मन्त्रीसहित सरकारमा सहभागी भएको हो ।

प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई शपथ गराए । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री बनेका छन् । यस्तै ईन्द्र गिरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरी विना विभागिय मन्त्रीमा नियुक्त भएका छन् ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना चाहिन्छ । प्रदेशमा कांग्रेसका १९ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । अब मुख्यमन्त्रीलाई बहुमतका लागि १ सिट आवस्यक छ । १ सिट भएको राप्रपाले समर्थन गर्दा उनी बहुमतमा पुग्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved