बहिनीको निधन भएको केही घण्टामै संसारबाट बिदा भइन् अभिनेत्री डोली

नेपालभ्युज

बहिनीको निधन भएको केही घण्टामै संसारबाट बिदा भइन् अभिनेत्री डोली

काठमाडौं । भारतीय टेलिशृंखलाकी अभिनेत्री डोली सोहीको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४८ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो।

आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्री सोही पनि संसारबाट बिदा भएकी हुन् ।

डोलीकी बहिनी अमनदीप सोहीको गएराति निधन भएको थियो । जण्डिसका कारण अमनदीपको मृत्यु भएको हो ।

डली पाठेघरको मुखको क्यान्सरबाट ग्रसित थिइन् । डोलीका भाइ मनु सोहीले दिदीहरुको मृत्युको पुष्टि गरेका छन् ।

डोलीले ‘भाभी, कलशः, मेरी आशिकी तुम से ही, खुब लडी मर्दानी, झाँसी की रानी’ जस्ता टेलिशृंखलामा अभिनय गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved