एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते

नेपालभ्युज

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते
फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले वैशाख १० मा पार्टीको ७५औं स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved