प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन : महामन्त्री थापा

नेपालभ्युज

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरूलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको थापाको भनाई छ । उनले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताए ।

यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको थापाले बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved