ज्याकलिन फर्नान्डेज बस्ने भवनमा आगलागी

नेपालभ्युज

ज्याकलिन फर्नान्डेज बस्ने भवनमा आगलागी

काठमाडौं । बुधबार राति मुम्बईको पाली हिलस्थित नवरोजी हिल सोसाइटीमा रहेको १७ तले भवनको १४ औं तलामा आगलागी भएको छ ।

यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ ।

तर, ठूलो कुरा के भने दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएर घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

दैनिक भास्करका अनुसार भवनको १४ औं तलामा रहेको भान्छामा आगलागी भएको थियो । तर, यसको वास्तविक कारण अझै थाहा हुन सकेको छैन ।

यो आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै ज्याकलिलका फ्यानहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved