रियाल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

नेपालभ्युज

रियाल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । रियाल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्स्टिनको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियाल मड्रिडले जर्मनीको आर.बी लेप्जीगसँग २–१ ले विजयी हुँदै क्वाटरफाइनल पुगेको हो ।

रियालका लागि भिनिसियस जुनियरले एक गोल गर्दा लेप्जीगका विली ओर्बानले एक गोल फर्काए । १५ औं पटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा रहेको रियलले पछिल्लो १४ सिजनमा १२ औं पटक क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

गएराति भएको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनलाई ३–१ ले हराउँदै इङ्लिस क्लब म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved