अनेक नाटकपछि एकीकृत समाजवादीले दियो दुई मन्त्रीको नाम, जोशी र बुढाले शपथ लिँदै

नेपालभ्युज

अनेक नाटकपछि एकीकृत समाजवादीले दियो दुई मन्त्रीको नाम, जोशी र बुढाले शपथ लिँदै

काठमाडौं । एकीकृत समाजवादीले अन्तत: पार्टीबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि नाम बुझाएका हुन् । अध्यक्ष नेपाल पार्टीको बैठकपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री बन्ने भएका छन् । जोशी बझाङ र बुढा डोल्पाका हुन् ।

यसअघि एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्रै सरकारमा सामेल हुने-नहुनेबारे निर्णय गर्ने जनाएको थियो । तर, त्यसअघि नै सरकारमा जाने निर्णय भइसकेको नेताहरुले बताएका थिए ।

पछि मन्त्रालयमा बार्गेनिङ गर्न उसले पिपलपाते निर्णय गरेको थियो । प्रधानमन्त्रीसँगको छलफलमा केही आश्वासन पाएपछि अध्यक्ष नेपालले मन्त्रीको नाम दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved