विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट

नेपालभ्युज

विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा  समस्या देखिएको छ । मंगलबार साँझ करिव ९ बजे एकाएक प्रयोगकर्ताको प्रोफाइलमा लगआउट समस्या देखिएको हो ।

एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको  विश्वभरका प्रयोगकर्ताहरुले एक्ससहितका सामाजिक सञ्जालमा बताएका छन् ।

फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् ।

तर, के भएको हो भन्नेबारे फेसबुकले आधिकारिक धारणा भने हालसम्म सार्वजनिक गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved