कांग्रेसको प्रधानमन्त्रीको ‘अफर’ रास्वपाद्वारा अस्वीकार

नेपालभ्युज

कांग्रेसको प्रधानमन्त्रीको ‘अफर’ रास्वपाद्वारा अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएको छ । उक्त अफरलाई आफूहरुले भने अस्वीकार गरेको रास्वपाको दाबी छ ।

यसबारेमा नेपाल भ्युजसँग कुरा गर्दे रास्वपाका प्रवक्त मुकुल ढकालले भने,”अफर आएको हो । तर, वर्तमान गठबन्धन छाडेर कहीँ लाग्दैन रास्वपा । यो मिडिया ट्रायल पनि हुनसक्छ । अहिले गठबन्धनमा ८ बुँदे सहमति भइसकेको छ ।”

गृह मन्त्रालय नछाड्ने दाबी रास्वपाको रहेको  छ । रास्वपाले गृहमन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने रास्वपाको अडान रहेको छ ।

मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको सत्ता गठबन्धनले एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ सहितको  कार्यदल गठन गरेको छ ।

गृहमा अन्य दलको पनि दाबी रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved