अम्बानीको पार्टीमा बिलगेट्सले गरे मार्क जुकरबर्गको शर्टको तारिफ

नेपालभ्युज

अम्बानीको पार्टीमा बिलगेट्सले गरे मार्क जुकरबर्गको शर्टको तारिफ

एजेन्सी । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्री वेडिंग कार्यक्रम धुमधामसँग गुजरातको जामनगरमा सम्पन्न भयो । जहाँ संसारभरका दिग्गज व्यक्तित्व सामेल भए ।

फेसबुकका मालिक मार्क जुकरबर्ग पनि यो कार्यक्रममा पुगेका थिए । आफ्नो दैनिक पहिरनबाट हटेर मार्कले त्यहाँ रंगीविरंगी तथा अतरंगी भारतीय पहिरन लगाए ।

त्यसो त मार्क एकदमै साधारण लुक्सका लागि चिनिन्छन् । उनलाई प्रायः सादा टिसर्ट तथा जिन्समा देखिने गरिन्छ । तर, अनन्त राधिकाको कार्यक्रममा उनी केही भिन्नै देखिए ।

जामनगरमा प्री वेडिंगको दोस्रो दिन वनताराको सफारी राइड थियो जहाँ भारतीय हेरिटेजको थीम राखिएको थियो । यसका लागि मार्कले बाघको प्रिन्ट भएको शर्ट लगाएका थिए । उनको यो शर्टमा सबैको ध्यान खिचिएको थियो ।

त्यहाँ आएका अर्का पाहुना बिल गेट्सले समेत उनको यस शर्टको प्रसंशा गरेका थिए । मार्कको यो शर्ट भारतीय डिजाइनर राहुल मिश्राले डिजाइन गरेका थिए ।

उनले बताएअनुसार यो शर्टको सम्पूर्ण डिजाइन हातले गरिएको थियो । मार्कको शर्टमा सुन्दरवनकी बघिनीको चित्र राखिएको थियो ।

उक्त शर्ट लगाएको फोटो राखेर मार्कले लेखेका थिए, “जंगली हुन गइरहेको छु । यो ट्रिपको यो अन्तिम हो । अहिले विवाह मनाइरहेको छु ।”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved