लुम्बिनीमा गर्न लागिएको शिखर सम्मेलन स्थगित

नेपालभ्युज

लुम्बिनीमा गर्न लागिएको शिखर सम्मेलन स्थगित

बुटवल । लुम्बिनीमा प्रदेश सरकारले आयोजना गरेको शिखर सम्मेलन स्थगित भएको छ ।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक परिस्थिति परिवर्तन भएको कारण देखाउँदै शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

लुम्बिनी सरकारको आयोजनामा लुम्बिनीमा यही फागुन २८ र २९ गते लौरेट्स एण्ड लिडर शिखर सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि हुने भनिएको थियो ।

शिखर सम्मेलनको तयारी अन्तिम चरणमा रहे पनि कारणबस स्थगित गर्नु परेको प्रदेश सरकारले जनाएको छ ।

यो सम्मेलन फ्रि तिब्बत आन्दोलन अघि बढाउने उद्देश्यले आयोजना गरिएको भन्दै उत्तरी छिमेकी चीनले गम्भीर चासो देखाएको थियो । चीनले सम्मेलन रोक्न बारम्बार दबाब दिएको थियो ।

पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले समेत सम्मेलनमा सहभागी हुन नसक्ने जवाफ दिएपछि प्रदेश सरकार स्थगित गर्न बाध्य भएको स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved