हप्तामा कतिपटक कपालमा तेल लगाउनु सही ?

नेपालभ्युज

हप्तामा कतिपटक कपालमा तेल लगाउनु सही ?

एजेन्सी । लामो, सुन्दर तथा बाक्लो कपालका लागि तेल मालिस एकदमै जरुरी हुन्छ । तर हप्तामा कतिपटक तेल लगाउनु पर्छ भनेर धेरैलाई थाहा नहुनु पनि सक्छ । आज यहाँ हप्तामा कतिपटक तेल लगाउन सही हुन्छ भनेर हामी बताउनेछौं ।

  •  सुन्दर कपालका लागि तथा स्काल्पलाई स्वस्थ राख्नका लागि तपाईंले हप्तामा कम्तीमा एक पटक वा दुईपटक तेल अवश्य लगाउनुहोस् ।
  •  तपाईंले आफ्नो कपाल जुन दिन धुनुहुन्छ त्यही दिन तेल लगाउनु पर्दछ ।
  •  तपाईं आफ्नो कपालमा तेल  ३० देखि ४० मिनेट मात्र लगाउनुहोस् । त्यसपछि स्याम्पुले धुनुहोस् । तेललाई लामो समय कपालमा राखिरहनु नोक्सानदायक पनि हुन सक्छ ।
  •  कपालमा तपाईं बदाम, नरिवल, तोरी, प्याज आदिको तेलहरु लगाउन सक्नुहुन्छ ।
  •  त्यसो त तपाईं चिसै तेलले पनि टाउको मालिस गर्न सक्नुहुन्छ । तर मनतातो तेलले टाउको मालिस गर्दा यसले पोषण धेरै प्राप्त हुन्छ ।
  •  कपालमा तेल लगाउँदा जराहरुमा पोषण दिन्छ, सुख्खापनबाट छुट्कारा पाइन्छ, कपाल मुलायम हुन्छ, कपाल झर्न रोकिएर कपाल बाक्लो हुन्छ ।
  • तपाईं कपालमा धेरै तातो तेल नलगाउनुहोस्, धेरै तेल पनि लगाउनु हुँदैन, अत्यधिक मालिस पनि गर्नु हुँदैन र एकदमै कडा रबरले कपाल बाँध्नु हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved