बंगलादेशको बहुतले भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु

नेपालभ्युज

बंगलादेशको बहुतले भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको एउटा बहुतले भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो ।

आगलागी पछि नियन्त्रणमा आएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार बंगलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

यस्तै, सहरको मुख्य जल अस्पतालमा उपचारको क्रममा १२ जनाको मृत्यु भएको छ ।

स्थानीय पत्रिका डेली बंगलादेशका अनुसार भवनको साताैं तलामा रहेको काची भाइ रेस्टुरेन्टमा आगो लागेको हो । भवनमा रहेका धेरै अन्य रेस्टुरेन्टहरू, कपडा पसलहरू, फोन पसलहरूसमेत नष्ट भएका छन्।

केहि व्यक्तिले झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved