बेलबारीमा टिप्परले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

नेपालभ्युज

बेलबारीमा टिप्परले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
सांकेतिक तस्वीर।

विराटनगर । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक जना गम्भीर घाइते छन् ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved