स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

नेपालभ्युज

स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

एजेन्सी । आलु हाम्रो भान्सामा सधैं हुने तरकारीमध्ये एकमा पर्दछ । कुनै पनि तरकारीमा मिसाउन सजिलो र खाँदा पनि स्वादिष्ट हुने भएकाले यसलाई जो कोहीले मन पराउँछन् ।

आलु पनि विभिन्न प्रकारका हुने गर्छन् । जसमा एउटा सेतो र अर्को रातो खालको आलु हुने गर्छ । सेतोको तुलनामा रातो आलु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । जानौं रातो आलुका फाइदा बारे –

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि रातो आलु राम्रो विकल्प हो । यसमा भरपूर मात्रामा भिटामिन सी पाइन्छ । जसले इन्यूनिटी बनाइराख्ने काम गर्छ । साथमा यसमा जिंक र कपर जस्ता पोषक तत्व पनि पाइन्छन् जसले रोगसँग लड्ने क्षमता दिन्छ ।

रातो आलुको सेवनले तपाईंले तौल कम गर्न पनि सक्नुहुन्छ । यसमा फाइबरको मात्रा अधिक हुने भएकाले तौल कम गर्न र फ्याट घटाउन सहयोगी हुन्छ । रातो आलुमा फाइबर धेरै हुने भएकाले तपाईं यसलाई खाएपछि लामो समय भोक लाग्दैन । जसले गर्दा तपाईं अन्य खाना खानबाट बच्नुहुन्छ ।

रातो आलुमा पाइने कार्बोहाइडेट तथा फाइबर जस्ता पोषक तत्व पाचन प्रणालीका लागि पनि राम्रो हुन्छ । यसमा भिटामिन बी६ पनि पाइन्छ जो पाचन तन्त्रका लागि राम्रो हुन्छ ।

त्यस्तै यदी तपाईंलाई प्रायः शरीरमा ऊर्जाको कमी महसुस हुन्छ भने पनि रातो आलु सेवन गर्न सक्नुहुन्छ । यसमा कार्बोहाइडेट अत्यधिक हुने भएकाले तपाईंलाई यसले ऊर्जावान बनाइराख्न सहयोग गर्छ ।

विशेषगरी रातो आलु खानु मुटुको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । साथमा यसले रक्तचापलाई पनि नियन्त्रणमा राख्न सहयोग गर्छ । त्यस्तै तनाव तथा एन्जाइटीका लागि पनि रातो आलु खानु फाइदाजनक मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved